दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो
चैत १६, २०८० शुक्रबार
सुर्खेत - कर्णाली प्रिमियर लिग अन्तर्गत न्यू होराइजन बुटवल फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा कर्णाली-११ लाई ३ विकेटले पराजित गर्दै बुटवल फाइनलमा पुगेको हो । वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै ६२ रन बनाएको थियो । कर्णालीका लागि कृष्ण कार्कीले अविजित ३३ रन बनाए पनि अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बुटवलका लागि शक्ति गौचनले दुई विकेट लिए । त्यस्तै अखिलेश यादव र अर्जुन रायमाझीले समान एक/एक विकेट लिए ।
६३ रनको लक्ष्य पछ्याएको बुटवलले ११ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । बुटलवका लागि सुवेन्दु पाण्डेले १८ रन बनाए । त्यस्तै निश्चल चौधरी र विशाल सुनारले समान १०/१० रन बनाए ।
कर्णालीका लागि किशोर महतोले तीन, प्रकाश जैसीले दुई र कृष्ण कार्की तथा दिवान पुनले समान एक/एक विकेट लिए ।