फेसबुकले विवादास्पद राजनीतिक हस्तीहरुको एकाउन्टमाथि प्रतिबन्ध लगायो

 वैशाख २०, २०७६ शुक्रबार २०:५०:१ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुकले एलेक्स जोन्सलगायत कैयौं विवादास्पद अमेरिकी राजनीतिक हस्तीहरुको एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । यी नेताहरुले कम्पनीको नीति उल्लंघन गरेको फेसबुकले जनाएको छ । 

फेसबुकले यी राजनीतिक हस्तीहरुको व्यक्तिगत एकाउन्टका अलावा यिनीहरुको संगठनात्मक एकाउन्टमाथि पनि प्रतिबन्ध लगाएको हो । फेसबुकले बयानमा भनेको छ, ‘यी राजनीतिक हस्तीहरुको गरेको पोस्टले समाजमा नकारात्मक सन्देश फैलाउन मद्दत पुग्ने हुँदा उनीहरुको एकाउन्ट प्रतिबन्ध गरिएको हो ।’

फेसबुकले एलेक्स जोन्सलगायत मिलो यियानोपोलोस, लारा लोमर र पल जोसेफजस्ता अमेरिकी राजनीतिक हस्तीहरुको एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । 

फेसबुकले श्वेत वर्चस्ववादी पल नेहलेनमाथि पनि प्रतिबन्ध लगाएको छ । यसको अलावा फेसबुकले अलगवाद र यहुदीमाथि लगातार टिप्पणी गर्दै आइरहेका इस्लाम नेता लुई फर्राखनको एकाउन्टमाथि पनि प्रतिबन्ध लगाउने फैसला गरेको छ । 

तर चकित पार्ने कुरा त के छ भने प्रतिबन्ध लागेको एक घण्टापछि एलेक्स जोन्सले दोस्रो एकाउन्टबाट फेसबुक लाइभ गरेका थिए । प्रतिबन्ध लागे्पछि एलेक्सले ‘इन्फोवार्स इज ब्याक’ नामको फेसबुक एकाउन्टबाट फेसबुक लाइभ गरेका थिए । तर फेसबुकले केही समयमा नै लाइभ भिडियो हटाएको थियो । 

पछिल्लो वर्ष पनि गुगल, ट्विटर र एप्पलले पनि ‘इन्फोवार्स’ को एकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए । एकाउन्ट प्रतिबन्ध भए पछि पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा लुई फर्राखनको कैयौं भिडियोहरु छन् । 

‘हामी हिंसा र घृणा फैलाउने व्यक्ति र संगठनलाई प्रतिबन्ध लगाउन लगातार प्रयत्न गर्दै आइरहेका छौं,’ फेसबुकले बयानमा भनेको छ ।  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया