आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
सुर्खेत - साविक विजेता त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा शसस्त्र प्रहरी बलको एपीएफलाई १ विकेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । उसका लागि शरद भेषवाकरले ३०, भुवन कार्कीले १९ र पुरण विकले १३ रनको योगदान दिए । बलिङतर्फ आर्मीका सोमपाल कामीले ३, सुशन भारीले २ तथा जितेन्द्र मुखिया र शाहब आलमले एक-एक विकेट लिए ।
जवाफमा त्रिभुवन आर्मी क्लबले १७ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर ८७ रनकाे लक्ष्य भेटायाे । आर्मीलाई जित दिलाउन सोमपाल कामीले ३१ तथा रोहित कुमार पौडेल र जितेन्द्र मुखियाले १२-१२ रनको योगदान दिए ।
बलिङतर्फ एपीएफका कमलसिंह ऐरी र यज्ञमान कुमालले २-२ तथा अमरसिंह रौतेला, भुवन कार्की र शरद भेषावकरले १-१ विकेट लिए । खेलका म्यान अफ द म्याथ आर्मीका सोमापाल कामी भए ।
उपाधिका लागि अब आर्मीले न्यु होराइन बुटवलसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा कर्णाली–११ लाई ३ विकेटले पराजित गर्दै बुटवल फाइनलमा पुगेको हो ।