परमाणु सम्झौताबाट इरान आशिंक रुपमा अलग, अमेरिकी विदेशमन्त्री पोम्पियो पुगे इराक

 वैशाख २५, २०७६ बुधबार १५:२७:४५ | एजेन्सी
unn.prixa.net

अमेरिकासँगको बढ्दो तनावका बीच इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट आंशिक रुपमा अलग भएको छ । सन् २०१५ मा अन्तर्राष्ट्रिय परमाणु सम्झौता भएको थियो  । तर एक वर्ष अघि अमेरिकाले यो सम्झौताबाट आफूलाई अलग गरेको थियो । 

इरानका राष्ट्रपति हसन रुहानीले अन्य महाशक्तिहरु अहिले पनि यो सम्झौतालाई लिएर प्रतिबद्ध भएको बताएका छन् । ‘उनीहरुले यो सोचेनन् कि इरान किन सम्झौताबाट पछि हटिरहेको छ’, उनले भने ।

यो सम्झौताले इरानको महत्वांकाक्षी परमाणु कार्यक्रममाथि नियन्त्रण नभएर प्रतिबन्धतर्फ लैजान खोजेको छ । अमेरिकाले आफूलाई यो सम्झौताबाट अलग गरेपछि दुई देशबीच तनाव बढ्दै गइरहेको छ । अमेरिकाले इरानको तेल र वित्तीय क्षेत्रमाथि नयाँ प्रतिबन्ध लगाएको छ, जसका कारण इरानको अर्थव्यवस्था डगमडाउँदो छ । 

यसैबीच इरानसँग बढ्दै गरेको तनावलाई लिएर अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इराकको अचानक भ्रमण गरेका छन् । आफ्नो बर्लिनको यात्रा रद्द गरेर पोम्पियोले इराकको राजधानी बग्दादमा चार घण्टा बिताउँदै इराकी नेताहरुसँग बैठकमा सहभागी भएका थिए । 

यसको केही दिनअघि अमेरिकाले यो इलाकामा आफ्नो विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन तैनाथ गरेको थियो । 

माइक पोम्पियो किन गए इराक ?

अमेरिकाले विदेशमन्त्री माइक पोम्पियोको इराक भ्रमणको बारेमा निकै नै कम जानकारी दिइएको छ । पोम्पियोले इराकी प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यो भेटघाट सोझै इरानसँग जोडिएको बताए । 

इराकको सुरक्षालाई सुनिश्चित गर्ने आश्वस्त पार्दै उनले भने, ‘ऊर्जा सम्झौताका लागि इरानमाथि कम निर्भर रहन उसको मद्दत गर्न चाहन्छु ।’

इरान-अमेरिका विवाद 

सन् १९७९ मा भएकाे इस्लामिक क्रान्तिका समयमा अमेरिका र इरानबीच तनावको स्थिति सिर्जना भएको थियो, जसले पश्चिमी शाहका समर्थकलाई परास्त गर्दै एक कट्टरपन्थी अमेरिका विरोधी शासन स्थापित गर्‍यो । बीचमा दुई देशबीचकाे सम्बन्धमा केही सुधार आएकाे थियाे । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा पदभार सम्हालेसँगै दुई देशको सम्बन्ध चिसिएकाे छ । 

पछिल्लो महिना मात्रै ह्वाइट हाउसले चीन, भारत, जापान, दक्षिण कोरिया र टर्की यी पाँच देशलाई प्रतिबन्धबाट छुट समाप्त गर्ने बताएको थियो, जो अहिले पनि इरानी तेल खरिद गरिरहेका छन् । 

यसका साथै अमेरिकाले इरानको रिभल्युशनरी गार्ड कर्प्सलाई पनि ब्ल्याक लिस्टमा राखेको छ । प्रतिबन्धका कारण इरानको अर्थव्यवस्थामा भारी गिरावट आएको छ ।     
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया