ईश निन्दाको आरोप लागेकी आसिया बिबीले पाकिस्तान छोडिन्

 वैशाख २५, २०७६ बुधबार २०:३५:२७ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा धर्मको निन्दा गरेको आरोपमा सात वर्ष जेल बिताएकी इसाई धर्माबलम्बी महिला आसिया बिबीले देश छाडेकी छिन् ।

गएको वर्ष त्यहाँको सर्वोच्च अदालतले आसिया बिबीलाई तोकिएको मृत्युदण्डको सजाय उल्टाइदिएको थियो । धर्म  तथा ईश्वर निन्दाको आरोपमा मृत्युदण्डको सजाय तोकिने उनी पाकिस्तानको पहिलो महिला थिइन् । 

आसिया बिबीका वकिलका अनुसार उनी क्यानडा पुगेकी छिन् । छिमेकीसँगको भनाभनका क्रममा इस्लाम धर्मगुरु पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा सन् २०१० मा आसियालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय तोकिएको थियो ।

सर्वोच्च अदालतले आसियाबारेको फैसला उल्टाएपछि पाकिस्तानमा विरोध प्रदर्शन समेत भएको थियो ।  पाकिस्तानको यो कदमलाई अन्तर्राष्ट्रिय समुदायले समेत एउटा निश्चित धर्मप्रति असहिष्णु भएको भन्दै आलोचना गरेका थिए । 


 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया