तस्बिरमा हेर्नुहाेस् कतारकाे पहिलाे मेट्रो रेल !

 बैशाख २६, २०७६ बिहिबार १४:११:४२ | एजेन्सी
unn.prixa.net

सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ । यही विश्वकपलाई ध्यानमा राख्दै कतारले बुधबारबाट राजधानी दोहामा पहिलो पटक मेट्रो रेल सेवा सञ्चालनमा ल्याएको छ । 

दोहामा बसोबास गर्ने मानिसहरुले पहिलो पटक भूमिगत परिवहन प्रणालीको आनन्द लिएका छन् । दाेहा मेट्राेकाे निकै लामो समयदेखि प्रतिक्षा थियो । 

दोहा मेट्रो लाइनका केही भाग प्रयाेगमा  आइसकेका छन्, जसमा १३ वटा स्टेशन खुलेका छन् । अल–कसारबाट सुरु भएको मेट्रो सेवा दोहाको व्यापारिक जिल्ला हुँदै दक्षिण अल–बखर शहरसम्म पुग्नेछ । आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुने मेट्रो सेवा बिहान आठ बजेदेखि रातिको ११ बजेसम्म चल्छ । 

सन् २०२२ को जुन/जुलाईसम्म पूर्णरुपमा सञ्चालनमा आउने मेट्रोकाे पूरा लम्बाइ तीन सय किलोमिटर  हुनेछ । सन् २०१३ बाट निर्माण कार्य थालिएको मेट्रो सेवाको लागत झण्डै ३६ अर्ब अमेरिकी डलर रहेको छ ।

प्रत्येक छ/छ मिनेटमा स्टेशनमा मेट्रो आउँछ । 

तस्बिर - अलजजीरा र गल्फ टाइम्सबाट

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया