भारतीय आकाशमा छिरेको ‘संदिग्ध’ विमानलाई वायु सेनाले जयपुरमा अवतरण गरायो

 बैशाख २७, २०७६ शुक्रबार २०:२५:२८ | एजेन्सी
unn.prixa.net

भारतीय वायु सेनाले भारतीय आकाशमा बिनाअनुमति छिरेको एक ‘संदिग्ध’ कार्गो विमानलाई राजस्थानको जयपुरमा ल्याण्ड गराएको छ । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार जर्जियाको कागो विमान एन्टोनोव एएन–१२ पाकिस्तानको कराची हुँदै भारतीय आकाशमा छिरेको हो । आफ्नो आकाशमा ‘संदिग्ध’ विमान देखेपछि भारतीय वायु सेनाको लडाकु विमानले त्यस विमानलाई राजस्थानको जयपुरमा जबरजस्ती ल्याण्डिङ गराएको हो ।

एएनआईका अनुसार त्यो विमान भारतीय आकाशको लगभग ७० किलोमिटर भित्र छिरेको थियो । कराची हुँदै त्यो विमान गुजरातको उत्तरी क्षेत्रमा पस्न खोजेको भारतीय अधिकारीहरुले जनाएका छन् । 

 

भारतीय वायु सेनाका प्रवक्ता अनुपम बनर्जीका अनुसार शुक्रबार दिउँसो जर्जियाको विमान एएन–१२ ले दिल्लीका लागि उडान भरेको थियो । तर उसले कराची हुँदै भारतीय वायु क्षेत्र सीमा उल्लंघन गरेको भन्दै उसलाई जयपुरमा अवतरण गराइएको प्रवक्ता बनर्जीले बताए । 

अहिले विमानका पाइलटसँग सोधपुछ भैरहेको भारतीय अधिकारीहरुले जनाएका छन् । विमानले बाटो बिराएर कराची हुँदै आएको हो कि के हो भन्नेबारे अहिल्यै स्पष्ट नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया