भारतमा लोकसभा चुनाव अन्तर्गत छैटाैँ चरणको मतदान आज

 बैशाख २९, २०७६ आइतबार १०:४४:३० | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनाव अन्तर्गत आइतबार छैटाैँ चरणको मतदान भैरहेको छ । 

आज उत्तर प्रदेशका १४, हरियानाका १०, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्र गरि ५९ निर्वाचन क्षेत्रका ९ सय ६८ केन्द्रमा मतदान भैरहेको भारतीय संचार माध्यमले जनाएका छन् । 

भारतमा गएको अप्रिल ११ देखि सुरु भएको लोकसभा चुनावको अन्तिममा आउँदो जेठ ५ गते सातौं चरणको मतदान हुनेछ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया