भारतमा नयाँ शाखा विस्तार गरेकाे आईएसको दाबी

 बैशाख २९, २०७६ आइतबार १२:४०:४२ | एजेन्सी
unn.prixa.net

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेकाे दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले यस्तो घोषणा गरेको हो । 

‘आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको छ,’ खतरनाक आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ लाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले बताएको छ । 

जम्मू–कश्मिरका एक वरिष्ठ पुलिस अधिकारीले भने आईएसको दाबीको खण्डन गरेका छन् । 

इस्लामिक चरमपन्थी समूहमाथि नजर राख्ने एसआईटीई इन्टेल ग्रुपकी निर्देशक रीता काट्जले भने, ‘आईएसआईएसले अमशिपुरामा भारतीय बलसँग झडपको दाबी गर्दै आफ्नो नयाँ हिन्द प्रान्त घोषणा गरेको छ ।’

गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडपमा एक जना आतंकवादीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Rajani KantbJha

    May 12, 2019, 1:07 p.m.

    होसियार नेपाल ,?

  •  0 Reply

तपाईको प्रतिक्रिया