'फानी' प्रभावितका लागि ओडिशा सरकारले गर्‍याे १ हजार ६ सय करोड रुपैयाँ सहयाेग प्याकेजको घोषणा

 बैशाख २९, २०७६ आइतबार १६:१७:५१ | एजेन्सी
unn.prixa.net

भारतको ओडिशा सरकारले चक्रवाती तुफान ‘फानी’ बाट प्रभावित भएका किसान, माझीलगायत पीडितको सहयोगका लागि एक हजार छ सय करोड भारतीय रुपैयाँ प्याकेजको घोषणा गरेको छ । 

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले प्याकेजको घोषणा गरेका हुन् । प्याकेजमा पशुपालन, मत्स्यपालनलगायतका व्यवसायमा संलग्न व्यक्तिहरुलाई समावेश गरिएको छ । मुख्यमन्त्री पटनायकले 'फानी' बाट प्रभावित इलाकामा उच्च शिक्षासम्मको विद्यालय परीक्षा शुल्क माफ गरिदिने बताएका छन् । 

उनले चक्रवाती तुफान पीडितलाई सहयाेगका लागि एउटा वेब पोर्टलको पनि सुरुवात गरेका छन् । गएको ३ मे मा चक्रवाती तुफान 'फानी' ले ओडिशामा क्षति पुर्‍याएकाे थियो, जसमा ४३ जनाले ज्यान गुमाएका थिए । 

यसको साथै भवन, खेतीबाली, फलफूल र तरकारीमा पनि धेरै क्षति पुगेको थियो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया