कृष्णभीरमा पुरिएको जीप आधा घण्टामा निकालियाे

 असार १८, २०७५ सोमबार १५:२९:४ | उज्यालो सहकर्मी

धादिङ – धादिङकाे कृष्णभीरमा सोमबार दिउँसो पुरिएको जीप आधा घण्टामा निकालिएको छ । 

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट, रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा सोमबार दिउँसो सडक माथिबाट लेदोमाटोको पहिरो आएर जिप पुरिएको थियो । 

लु १ ख २३४३ नम्बरको जीप पहिरोले पुरेपछि तत्काल नजिकै रहेको प्रहरी टोलीले पहिरो पन्छाएर निकालेकाे जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बताउनुभयो । 

समयमै जीप निकालिएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । जीप निकालेपछि राजमार्ग पनि एकातर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । 

दुई दिनदेखि लगातार वर्षाका कारण ससाना खोल्साहरुमा समेत पानी र लेदो माटो बढेर आएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया