साइप्रस : एकजना नेपालीसहित सातजना प्रवासी महिलाको हत्या, प्रहरी प्रशासनमाथि आक्रोश

 वैशाख ३१, २०७६ मंगलबार ९:१:६ | एजेन्सी
unn.prixa.net

साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका हुन् । 

यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । यो द्वीपीय देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् । 

मिडिया रिपोर्टका अनुसार, अप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको हो, जसमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका दुईजना बालिका पनि रहेका छन् । 

यो हत्यालाई लिएर अहिले मानिसहरु सडकमा आएका छन् र विरोध जनाइरहेका छन् । पछिल्लो दिन राजधानी निकोसियामा भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए । हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया