हामी इरानसँग युद्ध चाहँदैनाैँ : अमेरिका

 जेठ १, २०७६ बुधबार ११:४२:३९ | एजेन्सी
unn.prixa.net

अमेरिका र इरानबीच बढिरहेको तनावका विषयलाई लिएर अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका छन् । 

रुस भ्रमणमा रहेका विदेश मन्त्री पोम्पियोले इरानले अमेरिकालाई सामान्य देशको जस्तै व्यवहार गरोस् भन्ने चाहेकाे बताए । तर उनले अमेरिकी हितमाथि हमला भए त्यसको जवाफ दिने पनि बताएका छन् । 

यसैबीच इरानका सर्वाेच्च नेता आयातुल्लाह खामनेइले पनि अमेरिकासँग कुनै युद्ध नहुने बताएका छन् । गएको हप्ता मात्रै अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत तैनाथ गरेको थियो । 

संयुक्त अरब इमिरेट्ससे आफ्नो क्षेत्रमा चार वटा जहाजमाथि आक्रमणको प्रयास गरेको इरानमाथि आरोप लगाएपछि स्थिति तनावपूर्ण भएको थियो । रिपोर्टका अनुसार, अमेरिकी जाँचकर्ताहरुले यो घटनामा इरान र सहयोगी समूहको संलग्नता रहेको बताएका थिए । 

यद्दपि त्यो घटनामा इरानी भूमिकाको कुनै ठोस प्रमाण आइसकेको छैन । इरानले भने यो घटनाको पूर्णरुपमा जाँच हुनुपर्ने बताएको छ । 


 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया