एट्लेटिको मड्रिडबाट ग्रिजम्यान बाहिरिने पक्का

 जेठ १, २०७६ बुधबार १३:६:४८ | एजेन्सी
unn.prixa.net

एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँग उनले क्लब छोड्ने बताएका छन् ।


मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने बताएका छन ।

उनलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा किन्न खोजेको बीबीसीले जनाएको छ । उनले आफ्नो क्लब छोड्ने खबर सार्वजनिक गर्दै पछिल्लो ५ वर्षमा आफ्ना लागि निकै उत्साहपूर्ण रहेको बताउदै सबैलाई धन्यवाद दिए ।

एट्लेटिकोबाट ५ वर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका ग्रिजम्यान २०१४ मा रियल सोसिडाडबाट अनुबन्ध भएका थिए ।

गत वर्ष बार्सिलोनाको अफरलाई अस्वीकार गरेका उनलाई डिसम्बर २०१७ मा नियमविपरीत अनुबन्धको प्रयास गरेको थियो । यो सिजनमा एट्लेटिकोबाट बाहिर हुने ग्रिजम्यान तेस्रो ठूलो खेलाडी हुन । यसअघि लुकास हर्नान्डेज, डिएगो गोडिनले क्लब छोडिसकेका छन ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया