नासाकाे प्रतिवेदनले भन्छ : चन्द्रमा खुम्चिँदै गइरहेको छ

‘चन्द्रमा खुम्चिँदै जाँदा उपग्रहमा 'थर्स्ट फल्ट' बन्न थाल्दछ’

 जेठ १, २०७६ बुधबार १८:१७:३५ | एजेन्सी
unn.prixa.net

अमेरिकाको नेशनल एयर स्पेस म्युजियमको एक प्रतिवेदनले चन्द्रमाको आकार घट्दै गएको देखाएको छ । चन्द्रमाको भित्री सतह चिसो भएका कारण चन्द्रमाको आकार घट्दै गएको हो । 

पछिल्लो करोडौं वर्षमा पृथ्वीको यो उपग्रह ५० मिटरसम्म खुम्चिएको छ । यसकै कारणले अहिले चन्द्रमामा भूकम्प आइरहेको छ । गएका भूकम्पमध्ये केहीको तीव्रता स्केल पाँच रहेको छ । यो प्रतिवदेन नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको छ । 

अमेरिकाको नेशनल एयर एण्ड स्पेस म्युजियमका वैज्ञानिक थोमस वेटर्सका अनुसार, चन्द्रमाको सतह चाउरिँदै गएकाे जस्तो देखिएको छ, जुन अङ्गुरबाट किसमिस बन्ने क्रममा देखिन्छ । यद्दपि अङ्गुरको बाहिरी सतह लचिलो हुन्छ भने खुम्चिँदै जाँदा चन्द्रमाको सतह फाट्ने प्रक्रियामा पुग्दछ । 

‘चन्द्रमा खुम्चिँदै जाँदा उपग्रहमा 'थर्स्ट फल्ट' बन्न थाल्दछ’, वैज्ञानिक वेटर्सले भने । यो प्रक्रियामा चन्द्रमाको एक सतह दोस्रो सतहमा खप्टिन थाल्दछ र यही कारणले चन्द्रममा तीव्र गतिमा भूकम्प आइरहेको छ । 

उनका अनुसार, 'थर्स्ट फल्ट' को आकार सिँढीजस्तै हुने गर्दछ । झण्डै १० मिटर लामो फल्ट कैयौं किलोमिटरमा फैलिएको छ । अपोलो मिसन ११, १२, १४, १५ र १६ को माध्यमबाट चन्द्रमामा सेस्मोमिटर्स राखिएको थियो । यिनमा प्राप्त हुने तथ्यांक गणना गर्दा वैज्ञानिकहरुले चन्द्रमामा भैरहेको उलटपलट र भूकम्पको जानकारी पाइरहेका छन् । 

ऊर्जा खपत हुने क्रममा चन्द्रमा पछिल्लो लाखौं वर्षमा झण्डै एक सय ५० फिट (५० मिटर) सम्म खुम्चिएको छ ।  
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया