पाकिस्तानविरुद्धको चौथो एकदिवसीय क्रिकेटका लागि इंग्ल्याण्डका कप्तान ओयन मोर्गनलाई निलम्बित

 जेठ १, २०७६ बुधबार २०:४४:२६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानविरुद्धको चौथो एक दिवसीय क्रिकेटका लागि इंग्ल्याण्डका कप्तान ओयन मोर्गनलाई निलम्बन गरेको छ ।

मंगलबारको तेस्रो एक दिवसीयमा स्लो ओभर रेटका कारण उनलाई चौथो खेलमा निलम्बन गर्दै ४० प्रतिशत म्याच फी जरिबाना पनि गरिएको आईसीसीले जनाएको छ ।

अन्य खेलाडीको भने २० प्रतिशत म्याच फी जरिबाना गरिएको हो । निलम्बनपछि शुक्रबार हुने पाकिस्तानविरुद्धको खेलमा खेल्न पाउने छैनन् । आचारसंहिता उल्लंघन गरेको आरोपमा विकेटकिपर ब्याट्सम्यान जोन वेयरस्टोलाई चेतावनी दिइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया