रहेनन् आधुनिक अष्ट्रेलियाका निर्माता बब हक !

 जेठ २, २०७६ बिहिबार १६:४२:६ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बब हकको ८९ वर्षमा निधन भएको छ । 

उहाँकी श्रीमती तथा बायोग्राफर ब्लान्च डी एल्पुगेट पूर्व प्रधानमन्त्री हकको निधन बिहीबार भएको जनाउनुभयो । उहाँ सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहनु भएको थियो । अष्ट्रेलियामा सबैभन्दा धेरै प्रधानमन्त्रीको रुपमा रहनेमध्ये उहाँ तेस्रो नम्बरमा पर्नुहुन्छ ।  अष्ट्रेलियाको २३औँ प्रधानमन्त्री बन्नु भएका उहाँ लेबर पार्टीमा आबद्ध हुनुहुन्थ्यो । 

हकलाई आधुनिक अष्ट्रेलियाका निर्माताका रुपमा पनि चिनिन्छ । अष्ट्रेलियाको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै, स्वास्थ्य क्षेत्र र वातावरणको क्षेत्रमा हकको योगदान अतुलनीय रहेको बताइन्छ । 

उहाँले अष्ट्रेलियाको चार वटा संघीय चुनाव जित्नु भएको थियो । उहाँका श्रीमती र तीन छोराछोरी रहेका छन् । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया