स्पेनिस गोलरक्षक इकर कसियासले फुटबलबाट सन्यास लिने

 जेठ ३, २०७६ शुक्रबार १५:१४:३५ | एजेन्सी
unn.prixa.net

स्पेनिस गोलरक्षक इकर कसियासले खेलाडी जीवनबाट सन्यास लिने भएका छन् ।

हाल पोर्तोमा आवद्ध कसियास केही समयअघि हृदयघातका कारण अस्पतालमा भर्ना भएका थिए । त्यही घटनाका कारण उनले औपचारिक रुपमा सन्यास लिने योजना बनाएको पोर्चुगलका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले आफ्नो जीवन खतरामा पार्न नचाहेको प्रतिक्रिया दिएका छन् । हाल उनी पोर्चुगिज क्लब पोर्तोमा आवद्ध छन् । रियल मड्रिडबाट लागि ७२५ खेल खेलेका कसियास यो महिनाको सुरुमा हृदयघातका कारण अस्पताल भर्ना भएका थिए । उनी पाँच दिनपछि डिस्चार्ज भएका थिए ।

अस्पतालबाट घर फर्किने क्रममा कसियासले सञ्चारकर्मीसँग भनेका थिए, ‘भविष्यको बारेमा थाहा छैन तर अहिले म यो अवस्थामा फर्किएको छु । त्यो महत्वपूर्ण छ ।’

अहिले उनी स्वास्थ लाभ लिइरहेका छन् । पोर्तोले लिगमा दुई खेल खेल्न बाँकी छ । यो दुई खेल र पोर्चुगिज कपको फाइनल सकिएपछि उनले सन्यास लिने योजना सुनाए ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया