न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिर विश्वकपका लागि टिममा परेका छन् । इंग्ल्याण्डविरुद्धको सिरिजमा पाकिस्तानी बलरहरु चल्न नसकेपछि विकल्पको रुपमा आमिरलाई पछिल्लो समय टिममा बोलाइएको हो ।
एक टी–२० र दुई वटा एक दिवसीय क्रिकेटमा पाकिस्तानी बलरमाथि इंग्लिस ब्याट्सम्यानहरु हावी भएपछि विकल्पको रुपमा आमिरलाई बोलाउन पाकिस्तान क्रिकेट बोर्ड सहमत भएको हो ।
खराब फर्मका कारण यसअघि उनी पाकिस्तानी टिममा अटाएका थिएनन् । साथै उनी बिरामी भएकाले पनि त्यतिबेला छान्न नसकिएको पीसीबीले जनाएको थियो । अब उनी इंग्ल्याण्डमा उपचार गरेपछि टिमका लागि विश्वकप अघि उपलब्ध हुने जनाइएको छ । पाकिस्तानी कप्तान सर्फराज अहमद र मुख्य कोच मिकी आर्थरले पनि आमिर आउँदा बलिङ लाइन थप बलियो हुने बताएका छन् ।
पाकिस्तानी क्रिकेट टिमका मुख्य चयनकर्ता इन्जमाम उल हक आमिरलाई बोलाउन तयार भए पनि उनको स्वास्थ्य रिपोर्ट पछि मात्रै बोल्ने बताएका छन् । यसैगरी विश्वकपको टिममा आशिफ अलीलाई पनि बोलाउन जनाइएको छ ।