आईसीसी विश्व कप ट्रफीको रमाइलो इतिहास !

 जेठ ३, २०७६ शुक्रबार १५:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्व कप ट्रफीको इतिहास पनि रमाइलो छ ।

१९७५ देखि १९९६ सम्म खेलिएका सुरुका ६ संस्करणलाई आईसीसी विश्व कप भनिएन । त्यतिबेला जुन कम्पनीले प्रायोजन गर्थे उसैको नाममा ट्रफी हुन्थ्यो । इंग्ल्याण्डले १९९९ मा आयोजना गरेको विश्वकप पछि ट्रफीले नयाँ रुप लिएको हो । त्यसपछि आईसीसी ट्रफी नामाकरण गरियो ।

आईसीसी विश्व कप ट्रफीको डिजाइन सुन र चाँदीबाट गरिएको छ । ट्रफीको माथिल्लो भागमा सुनको ग्लोब (पृथ्वी) जस्तो बनाइएको छ । यसको दुई तिर चाँदीले बनेका तीन तीन स्तम्भले अड्याएका छन् ।  चाँदीले बनेको स्तम्भ विकेट र बेलको आकारको छ । जसले क्रिकेटका तीन विशेषता बुझाउँछ । जसमा ब्याटिङ, बलिङ र फिल्डिङ बुझाउँछ । ट्रफीको बेस भने बलियो काठले बनेको छ । ट्रफी बनाउन सुन, चाँदी र काठ प्रयोग गरिएको छ । जसको उचाइ ६० सेन्टिमिटर छ भने ताैल ११ केजी रहेको छ ।

विजेताले भने असली ट्रफी भने पाउँदैनन् । विजेतलाई ट्रफीको रिप्लिका (प्रतिलिपी) दिइन्छ । वास्तविक ट्रफी आईसीसीको मुख्यालय दुबईमा राखिएको छ ।

आईसीसी वर्ल्ड कपको इतिहासमा सबैभन्दा महँगो ट्रफी रिलायन्सले प्रयोजन गरेको बेलाको हो । १९८७ मा रिलायन्स ट्रफीको निर्माण भारतको जयपुरमा गरिएको थियो । यो विश्वकै महँगो सुनको ट्रफीमा गनिन्छ । 

सुरुवाति ६ संस्करणमा ट्रफीलाई विभिन्न नामले सम्बाेधन गरिन्थ्यो 

१९७५ - प्रूडेन्सियल कप 

१९७९ - प्रूडेन्स्यिल कप 
१९८३ -  प्रूडेन्सियल कप 
१९८७ - रिलायन्स कप ट्रफी
१९९२  - वेसन हेसेज कप 
१९९६  - विल्स ट्रफी र 
१९९९ देखि हालसम्म आईसीसी ट्रफी 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया