कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
पाकिस्तानले इंग्ल्याण्ड विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । सरफराज अहमदको कप्तानीमा घोषणा गरिएको टिममा ३३ वर्षीय वहाब रियाजलाई टिममा बोलाइएको छ ।
उनी २ वर्षपछि पाकिस्तानी टिममा परका हुन् । देब्रे हाते तीव्र गतिका बलर वहाबले २०१७ पछि पाकिस्तानी टिममा स्थान बनाउन सकेका थिएनन् ।
पाकिस्तानी टिम छनोट समितिका संयोजक इन्जमाम उल हकका अनुसार स्पिनरको रुपमा शादाब खानलाई पनि समावेश गरिएको छ । १५ सदस्यीय टिममा आसिफ अली र मोहम्मद आमिर पनि रहेका छन् । त्यसैगरी आबिद अली, फहीम अशरफ र जुनेद खानले भने टिममा स्थान बनाउन सकेनन् ।
यस्ताे छ पाकिस्तानी टिम
सरफराज अहमद (कप्तान) फखर जमाम, इमाम उल हक, बाबर अजाम, शोयब मलिक,मोहम्मद हफीज, आसिफ अली, शदाब खान, इमाद वसीम, हेरिस सोहेल, हसन अली, शाहीन अफरिदी, मोहम्मद आमिर, वहाब रियाज र मोहम्मद हसैन ।