पाँचथर सामूहिक हत्याकाण्ड : झुण्डिएर आत्महत्या गरेका ज्वाइँले नै हत्या गरेको प्रहरीको आशंका

 जेठ ७, २०७६ मंगलबार १७:९:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ । त्यो हत्या झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताउनुभयो । भुण्डिएर आत्महत्या गरेका माखिम विभत्स हत्या गरिएका बमबहादुर फियाक परिवारको कान्छो ज्वाइँ हुन् ।

सोमबार रातिको हत्याकाण्डमा झुण्डिएर आत्महत्या गरेका माखिमकी श्रीमती मनकुमारीको पनि हत्या भएको छ । माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नरहेको र श्रीमतीले पनि सम्बन्ध विच्छेद गर्न चाहेको स्थानीयले बताएका छन् । घटनाबाट बच्न सफल सिता खजुमले  बताएको हुलिया पनि माखिमसँग मिल्ने डीएसपी कुँवरले बताउनुभयो ।त्यही रिसिइबीका कारणले माखिमले ससुराली परिवार र  साढु दाइको परिवारको हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । 

घटनाको विस्तृत अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–१ प्रहरी कार्यालयको टोली  घटनास्थलमा  पुगेपछि मात्र सुरु हुने घटन स्थलमा रहनुभएका इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताउनुभयो । 

मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा मंगलबार दिउँसो सामूहिक हत्या भएको स्थलबाट झण्डै डेढ घण्टा नजिकको ठाउँमा  फेला परेको थियो ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया