खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ ।
सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८०भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।
सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीको अघि पछि रहेका छन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५८ हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।
वाराणसी क्षेत्रबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४१ हजार भोटले अगाडि रहेका छन् । वाराणसीमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी गठबन्धनकी उम्मेदवार शालिनी यादव दाेस्राे स्थानमा छिन् भने तेस्राे स्थानमा कांग्रेसका अजय राय रहेका छन् ।
त्यस्तै भारतमा मात्रै होइन नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह ५० हजारभन्दा बढी मतले अगाडि रहेका छन् । बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।
जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।
यो सुरुवाति मतपरिणाम भएकाले यसै हुन्छ भन्ने सकिने अवस्था चाहिँ छैन । थोरै मात्रै मत गनिएकाले मतपरिणाम कसको पक्षमा जान्छ भन्ने जान्नका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।