दाङको जैखोलाले बगाउँदा एक युवकको ज्यान गयो

 असार १९, २०७५ मंगलबार १३:५९:३५ | उज्यालो सहकर्मी

दाङ – खोलाले बगाउँदा दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीमा एक युवकको ज्यान गएको छ ।  

बंगलाचुली गाउँपालिका वडा नम्बर ३, दाङ्वाङ र रिवानको बीचमा रहेको जैखोलाले बगाउँदा ३० बलबहादुर डाँगीको ज्यान गएको प्रहरीले जनाएको छ ।
       

रिवानबाट घर दाङवाङ आउने बेलामा डाँगीलाई सोमबार बेलुका खोलाले बगाएको थियो । डाँगीको शव पोष्टमार्टका लागि मंगलबार राप्ती उपक्षेत्रीय अस्पताल घोराही ल्याइएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा घटना भएका कारण आज मात्रै थाहा भएको हो ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया