शाहरुख तिमीलाई कसैले छोयो भने मात्रै पनि मलाई भन्नु : सञ्जय दत्त

 असार १९, २०७५ मंगलबार १६:३४:४ | एजेन्सी

अहिले बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को चर्चाले छाएको छ । फिल्म ‘सञ्जु’ मा समेटिएका सबै कुरालाई दर्शकले निकै रुचाइरहेका छन । 

तर अझै पनि सञ्जय दत्तको जीवनसँग जोडिएका यस्ता कुरा छन् जुन फिल्ममा राखिएको छैन । सायद समयको सीमाका कारण पनि हुनसक्छ सञ्जयको जीवनसँग जोडिएका महत्वपूर्ण कुरा समेट्न सम्भव भएन । यसैलाई कतिपय समीक्षकले सञ्जय दत्तको महिमामण्डन मात्रै गरिएको भनेर आलोचना पनि गरेका छन् । 

यसैबीच सञ्जय दत्तसँग जोडीएको एक भिडियोले यतिबेला चर्चा पाइरहेको छ । त्यो भिडियोमा सञ्जय र शाहरख खानबीचको मित्रता कतिसम्म गहिरो थियो भन्ने थाहा हुन्छ । हुनत वास्तविक जीवनमा सञ्जय जति बिन्दास र निडर छन्, मित्रता निभाउन पनि यत्तिकै पक्का मानिन्छन् । साथै आफ्नो साथीहरुको जीवनमा आएको समस्याको घडीमा सहयोगको हात दिन जहिले अगाडि बढ्छन ।   

यही कुरा शाहरुख खानले यस भिडियोमा भनिरहेका छन । सञ्जय दत्त उनको फिल्म ‘मुन्नाभाई एमबीबीएस’ को प्रमोशनको क्रममा ‘कौन बनेगा करोडपति’ को सेटमा गएका  थिए । त्यसबेला शाहरुखले उक्त कार्यक्रम सञ्चालन गर्थे । कार्यक्रमको बीचमा स्वयम शाहरुख खानले उनी र सञ्जयसँग मित्रताको कुराबारे बताइरहेका छन । जब शाहरुख खान दिल्लीको घर छोडेर फिल्ममा काम गर्न मुम्बई आएका थिए । उनी फिल्म उद्योगमा नयाँ–नयाँ थिए । जुनबेला उनले अमाबुवा गुमाइसकेका थिए भने  दिल्लीको घर छोडेर एक्लै मुम्बई आएका थिए । मुम्बईमा धेरै जनासँग चिनजान थिएन ।  त्यही बेला शाहरुखको एक जनासँग झगडा भयो । 

 

शाहरुख खानले भने, ‘म एक्लो भएको त्यो बेला जीप लिएर एक जना मलाई भेट्न आएको थियो र उसले मलाई भनेको थियो ‘यदि तिमीलाई कसैले छोयो भने मात्रै पनि मलाई भन्नु ।’ यस्तो भन्ने व्यक्ति सञ्जय दत्त थिए । शाहरुखले निकै भावुक हुँदै भनेका छन् कि सञ्जय दत्त आफ्ना लागि सधैँ ठूलो दाजुको रुपमा रहनेछन ।

 

फिल्म ‘सञ्जु’ भित्र पनि सञ्जयको मित्रतालाई महत्वका साथ देखाइएको छ । अभिनेता विक्की कौशलले सञ्जयको साथीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सञ्जय दत्त बनेका रणवीर कपूरको अभिनयको जति चर्चा भइरहेको छ, त्यति नै चर्चा सञ्जयका साथीको भूमिकामा रहेका विक्की कौशलको अभिनयको पनि भइरहेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया