कर्णाली प्रदेशको बजेट अधिवेशन सुरु : खल्तीका भरमा आयोजना नल्याउन सांसदकाे माग

 जेठ १०, २०७६ शुक्रबार १८:२५:५० | मुना हमाल
unn.prixa.net

सुर्खेत - आर्थिक वर्ष २०७६/७७ को बजेटको लागि कर्णाली प्रदेशको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो दिन शुक्रबार दलको प्रतिनिधित्व गर्दै सांसदहरुले आआफ्नो धाराणा राखेका छन् ।

बैठकको पहिलो दिन सांसदहरुले कर्णालीको समृद्धिका लागि मन्त्रीहरुले व्यक्तिगत रुपमा नीति तथा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेकपाका सांसद यामलाल कँडेलले आउँदाे दिनहरुमा यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने बताउनुभयो । ‘हामी सबै मिलेर प्रदेश बनाउने हो । हामीले नै बजेट कार्यान्वय गर्ने हो’ उहाँले भन्नुभयो, ‘यसैले मन्त्रीपिच्छे नीति तथा कार्यक्रम घोषणा गर्ने कार्य सच्याउन आवश्यक छ ।’

सबैको योगदानबाट परिवर्तन भएको संरचना स्थापित गर्नका लागि कर्णाली प्रदेश अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सांसद कँडेलले देखिएका समस्यालाई विषयवस्तुमा केन्द्रित भएर छलफल गर्नुेपर्नेमा जोड दिनुभयो । 'सबैले आआफ्नो जिम्मेवारीप्रति हेक्का राख्न सके विकास गर्न सकिन्छ,' उहाँले भन्नुभयो । 

नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले गरेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै चर्को आलोचना गर्नुभयो । सरकारले संसदमा एउटा नीति तथा कार्यक्रम पारित गर्ने तर मन्त्रीहरुले क्याबिनेटबाट र व्यक्तिगत रुपमा योजनाहरुलाई मोडिदिने गरेको उहाँको भनाइ छ । ‘हाम्रो सरकारले प्रदेश राजधानी जिल्लाकै विकास गर्न सकेको रहेनछ’, उहाँले भन्नुभयो, ‘अन्य जिल्लाका के विकास भयो होला ? ।’

यस्तै राप्रपाकी सांसद सुशीला शाहीले विगतका जस्तै खल्तीका योजना ल्याइए सुखी कर्णालीको सपना पूरा नहुने बताउनुभयो । ‘अझै पनि विगतका जसरी खल्तीका भरमा आयोजना ल्याउने, बजेट छुट्टाउने हो भने 'सुखी कर्णाली : समृद्ध कर्णाली' को नारा सपनामा मात्र सीमित हुनेछ’ उहाँले भन्नुभयो ।

प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बस्नेछ । सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारीलाई तीव्रता दिएको छ । संवैधानिक व्यवस्था अनुसार, असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउने पर्ने व्यवस्था रहेको छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया