सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च

 असार १९, २०७५ मंगलबार १८:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । 

पूर्वी भेगमा तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव मंगलबार बढेको हो । पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ३८ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । 

कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन् । आइतबार साँझ एक लाख ३१ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको थियो । पूर्वि पहाडी सहितका भेगमा अविरल वर्षा भएकाले मंगलबार दिउँसोबाट कोशीमा पानीको बहाव बढेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 
पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा भएपछि कोशी नदीमा पानीको सतह बढ्ने गर्छ । मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपील गरेको भए पनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ । 

नदीको बहावमा उतारचढाव जारी रहे पनि खतरा भने नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो । वर्षायाममा सँधैजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा रहेको तटबन्धमा आवश्यकता परेको खण्डमा बालुवासहितको बोरा हाल्ने गरी तयारी गरिएको उप्रेतीले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी उप्रेतीका अनुसार कोशीका सबै तटबन्ध सुरक्षित छन् । नियमित अनुगमन र पूर्व तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाको भनाई छ । सुनसरीमा लगातारको वर्षाका कारण खोलानालामा जलस्तर बढे पनि कटान भने नभएको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया