सुदूर पश्चिमका पहाडमा भूकम्पको धक्का

 जेठ १२, २०७६ आइतबार ८:४५:४१ | रासस
unn.prixa.net

बैतडी – सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का सहसुुस गरिएको छ । शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि गएको चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गते पनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीनपटक परकम्प गएको थियो ।

गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया