च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
डोल्पा - डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो ।
शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीले अनुमति पाएपछि विज्ञसहितका १० जनाको टोली फोक्सुण्डो पुगेर तालको गहिराइ मापन गर्ने विज्ञ ध्रुवलोचन अधिकारीले जानकारी दिनुभयो ।
टोलीमा दुई जना सर्वे गर्ने इञ्जिनीयर, एक जना डुङ्गा चालक, जल तथा मौसम विभागका विज्ञ सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारीको टोली झण्डै चार दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने अधिकारीले जानकारी दिनुभयो ।
दिनमा दर्जनाैँ पटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको र ६५० मिटर गहिरो तालका रूपमा जापानी नागरिकले विसं २०३६ मा प्रमाणित गरेको स्थानीय बताउँछन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा फोक्सुण्डो तालको गहिराइ लगायतका विशेषताका विषयमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीय आङबहादुर लामाले बताउनुभयो ।
दोस्रो पटक सन २००४ मा ब्याथिमेट्रिक सर्वे विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि फोक्सुण्डो तालको गहिराइ विवाद हालसम्म पनि कायमै रहेको छ ।
दोहोरो तथ्याङ्कका कारण हाल गहिरो ताल रारा भनेर उल्लेख गरिएपछि स्थानीय र डोल्पाका नागरिकले भने उक्त टोलीले पूराना मर्मत गरेका मेसिनले मापन गरी गलत तथ्याङ्क दिएको आरोप लगाइरहेका छन् ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र झण्डै ३६३५ मिटरको उचाइमा रहेका ५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क आउनेमा विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।