चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
संखुवासभा – मकालु गाउँपालिका-२ मा पर्ने मकालु हिमाल (८४६३ मि.) आरोहण गर्न गएका एक नेपालीको ज्यान गएको छ ।
हिमाल आरोहण गर्न गएका मकालु गाउँपालिका-२ नुर्बुगाउँका ४४ वर्षीय निमा तेन्जी शेर्पाको ज्यान गएको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिम लामाले बताउनुभयो । उहाँका अनुसार, गएको शुक्रबार मकालु हिमाल आरोहण गर्न जाने क्रममा शेर्पाको ज्यान गएको हो ।
ज्यान गुमाएका शेर्पाको शव आइतबार नै हेलिकप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ । उनको शव खाँदबारी अस्पतालमा राखिएको छ । पोष्टमर्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरी उपरीक्षक लामाले जानकारी दिनुभयो ।
त्यसैगरी गएको जेठ २ गते पनि दुई भारतीय नागरिक ५४ वर्षीय दिपनकर घिडिस् र ३५ वर्षीय नारायण सिंहको ज्यान गएको थियो । मकालु हिमाल आरोहण गर्न जाने क्रममा मकालु बेस क्याम्प-४ मा दुई जनाको ज्यान गएको थियो ।
उनीहरु २०७५ चैत २७ गते सेभेन समिट कम्पनी मार्फत मकालु हिमाल आरोहण गर्न आएका थिए । मृतक भारतीय नागरिकको शव शनिबार हेलिकप्टरबाट सोलुखम्बु ल्याइएको छ ।
हिउँदको समयमा विश्वको पाँचौ अग्लो मकालु हिमाल आरोहण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको निकै भिड लाग्ने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।