काभ्रेको धनेश्वर र तिनपिप्लेमा बम विस्फोट

 जेठ १३, २०७६ सोमबार ८:३९:२७ | कपिल कोइराला
unn.prixa.net

बनेपा नगरपालिका धनेश्वर पुल नजिक विस्फाट भएको स्थान ।

काभ्रेपलाञ्चोक – सोमबार बिहान काभ्रेको दुई स्थानमा बम विस्फोट भएको छ ।
 
बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँ र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट भएको हो ।

धनेश्वरमा फोहोरको थुप्रोमा बम विस्फोट भएकाले कुनै क्षति पुगेको छैन भने तिनपिप्लेमा भएको विस्फोटमा अरनिको राजमार्ग सडकमा थोरै क्षति पुगेको छ । बम विस्फोटबारे प्रहरीले भने केही जानकारी दिएको छैन ।

विप्लव नेकपा कार्यकर्ताले आइतबार साँझ बनेपामा मसाल जुलुस समेत निकालेको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • कृशन राय

    May 27, 2019, 8:57 a.m.

    जति बम पडकाएनि आखिरमा,ऐलेका बाम सरकारकै सगत् न हुन्, शत्तामा पुगे सि सबै देशका स्रोत लुटने न हुन। यान का भन्दा,प्र मं ओलीको भाषण सुन्दा, चिनीया सिजीन पिङ जस्तै तर परीणाम भने केनिया,कम्पालाका जस्तै,इथोपिया त नेपाल भन्दा सूधारिएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया