'टाइम म्यागजिन' काे यू–टर्न : मोदी ‘भारतका प्रमुख विभाजनकारी’ देखि देशलाई जोड्ने सबैभन्दा ठूला नेतासम्म

 जेठ १५, २०७६ बुधबार १९:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारी जितपछि अमेरिकाको चर्चित टाइम म्यागेजिनले यू–टर्न गरेकाे छ । चुनावको दौरान प्रधानमन्त्री नरेन्द्र मोदीलाई डिभाइडर इन चिफ (भारतका प्रमुख विभाजनकारी) भनेको टाइम म्यागजिनले चुनावको परिणाम आएपछि प्रधानमन्त्री मोदीलाई नयाँ दृष्टिले हेरेको छ । 

प्रधानमन्त्री मोदीलाई विभाजनकारी बताउँदै कभर स्टोरी प्रकाशित गरेको टाइम म्यागजिन यसको ठिकविपरीत देखिएको छ । अहिले फेरि आफ्नो एक रिपोर्टमा टाइमले मोदीलाई भारतलाई जोड्ने सबैभन्दा ठूला नेता बताएको छ । 

टाइम म्यागजिनले शीर्षकका साथ एउटा रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टको शीर्षकमा देखिएको छ, ‘मोदीले भारतलाई एकीकृत गरेका छन्, जुन काम एक दशकमा कुनै पनि प्रधानमन्त्रीले गरेका थिएनन् ।’

‘प्रधानमन्त्री मोदी केवल सत्तामा आउन मात्र सफल भएका छैनन्, उनले आफ्नो समर्थनलाई पनि बढाएका छन् । यति मात्र नभई प्रधानमन्त्री मोदी विभाजक रेखा र जातिगत मतभेदभन्दा माथि उठ्न सफल भएका छन्,’ रिपोर्टमा भनिएको छ ।

यता लेखक मनोज लडवाले आफ्नो रिपोर्टमा प्रधानमन्त्री मोदीको जितको पछाडि पिछडिएको जाति भएको बताएका छन् । उनका अनुसार, गरिबहरुका लागि बनाइएको नीतिका कारण हिन्दू मात्र नभई अल्पसंख्यक समुदायका मानिस पनि केही हदसम्म गरिबीको रेखाबाट बाहिर आउन सफल भएका छन् ।   

माेदीबारे टाइमकाे 'विवादित' कभर स्टाेरी : ‘इण्डियाज डिभाइडर इन चिफ’

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया