अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
सुर्खेत - पत्रकारलाई जथाभावी गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार वीरेन्द्रनगर खुल्लामञ्चबाट ज्ञानेन्द्र शाही नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । गएकाे वैशाखमा आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालिगलैज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले प्रहरीमा उजुरी दिएको थियो ।
पक्राउ गर्ने क्रममा सुर्खेतका पाँच जना प्रहरी घाइतेसमेत भएका छन् । घाइते हुनेमा प्रहरी निरिक्षक निरञ्जन घिमिरे, हवल्दार रामसागर बर्मा, प्रहरी जवान प्रकाश बुढा, जीतबहादुर बोहोरा र हस्त सिंह रहेका छन् । घाइते प्रहरीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।
वीरेन्द्रनगर खुल्ला मञ्चबाट शाहीलाई पक्राउ गर्दा अन्य व्यक्तिहरुले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीले शाहीलाई पक्राउ गर्दा सहयोग गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन् । बुधबार खुल्लामञ्चमा नागरिक समाजले गरेको कार्यक्रममा सहभागी भएको बेलामा पक्राउ गरिएको हो । आज त्यहाँ देउडा मेला समेत लागेको थियो ।
‘शाहीलाई त्यहाँबाट पक्राउ गर्दा केही मान्छेले शाहीलाई सहयोग गरेर प्रहरीमाथि जाइलागे’, उहाँले भन्नुभयो, ‘हामीले पाँच/छ जना पक्राउ गरेका छौँ । शाहीलाई पक्राउ गरेर काठमाण्डौ पठाउने तयारी गरेका छाैँ ।’
शाही भष्टाचारविरुद्ध विभिन्न ठाउँमा अभियान सञ्चालन गर्दै आएका शाहीलाई साइबर क्राइम अन्तरगत कारबाहीका लागि काठमाण्डौ पठाइने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।