रंगशालाको बार भत्काइएपछि भावुक हुँदै धुर्मुसले भने : विदेशमा बस्ने नेपालीको पसिनामाथि डोजर चलाइयो

 जेठ १५, २०७६ बुधबार २०:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा निर्माणाधीन  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको बारमा डोजर लगाइएको छ ।

धुर्मस सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला बनाउनका लागि लगाएको बार भत्काउन आएकाहरुले फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।

बार भत्काएपछि धुर्मुसकाे प्रतिक्रिया उनकै शब्दमा 

‘यो एकदमै दुखद् घटना घटेको छ । एक विहानै आएर केही स्थानीय र अराजक भिडले यस्तो गरे । यो घटना आफ्नै आखा अगाडि हुँदा जुन दृश्य मैले देखे यो भन्दा कारुणिक दृश्य मैले जीवनमा कहिल्यै देखेको पनि थिएन् । यो भन्दा अगाडि बस्ती निर्माणका क्रममा पनि धेरै धाक धम्की सहेर सबै चिज त्यागेर राष्ट्रका लागि केही गर्नु पर्छ भनेर गरेको थियो । यो ठाउँमा ठूलो इस्यु नै थिएन् । हामीले निर्माण गर्न लागेको रंगशाला सम्म मात्रै बाटो छ । हामीले उहाँहरुलाई डीपीएआर तयार भएपछि सबैसँग सल्लाह गरेर बाटोका लागि कति छाड्ने विषयमा सल्लाह गरौंला हामी बाटोका लागि जग्गा छाड्न तयार छौं ।

रंगशलालाई पनि बाटो आवश्यक पर्छ भनेर पटक पटक आग्रह गरेका थियौं । सहमतिमै हामीले हिजो यो बार लगाएका हौं । यो बार लगाएको विषयमा यहाँका सबै स्थानीयलाई अबगत थियो । एका विहानै २ सय जति मानिस जम्मा भएर डोजर लगाएर यहाँदेखि परैसम्म पेल्ने काम भयो । विदेशमा बस्ने नेपालीहरु जसले हामीलाई यतिधेरै सहयोग गर्नुभएको छ । पसिनामाथि डोजर चलाइयो । सबै चिज त्यागेर देशका लागि केही गरौं भन्ने अठोटका साथ हामी यहाँ आएका थियौं ।

यो रंगशाला हाम्रो मात्रै सपना होइन यो सिंगो देशको पनि सपना हो । जिम्मेवार निकायले दायित्व वोध गर्न विर्सिएका बेला हामी अभियन्ता मिलेर खेलाडी पनि हाम्रै सन्तान हुन भन्ने उद्देश्यले यो अभियान सुरु गरेका थियौं । यो रंगशालाले यहाँकै स्थानीयमा खुसी थप्ने काम गरेको थियो । बाटोको विषय यहाँ चर्काउन जरुरी नै थिएन् । हामीले पनि बाटो दिने भनेका छौं । महानगरपालिकाले पनि नदिने भनेकै छैन् ।

गर्दागर्दै कुनै राजनीतिक आस्था राख्ने व्यक्ति आएर नियोजित रुपमा आएर आज त बाटोको मात्रै कुरा देखियो । यसअघि पनि पटक-पटक आएर धाक धम्की दिने कर्मचारीहरुलाई आएर यति प्रतिशत कमिशन चाहियो भन्ने, हाम्रा मेसिन चल्नु पर्यो भन्ने, हाम्रा मान्छेलाई काम दिन पर्यो भन्नेलगायतका धम्कीहरु पटक-पटक आए ।

यसअघिसम्म हामीले धेरै कुराहरु सहेर काम गरेका थियौं । उहाँहरुमा सदबुद्धि आओस नकारात्मक कुराहरु बाहिर नजाउन भनेर हामीले सोँच बनाएर सम्झाउँदै आएका थियौं । सम्झाउँदा सम्झाउँदै पनि उहाँहरुबाट जुन हामी माथि प्रहार भएको छ, यो एकदमै दुखद प्रहार भएको छ । हामी हाम्रो स्वार्थका लागि हिँडेका होइनौं । 

हेर्नुहाेस् धुर्मुसले के भने ?

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया