रातो मच्छिद्रनाथको रथ जावलाखेलमा

 जेठ २४, २०७६ शुक्रबार ८:२७:४३ | रासस
unn.prixa.net

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी  लगेर जावलाखेल पुर्‍याएका छन् ।

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करिब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।

“रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भन्नुभयो, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पुर्‍यायाैँ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट  गरेका बताइएको छ ।

आइतबार राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने भएको छ । दर्शन गर्न आउने हजारौँ भक्तजनको भिडले साँझमा जावलाखेल भरिभराउ भएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया