बेलायती प्रधानमन्त्री मेले दिइन् राजीनामा, नयाँ प्रधानमन्त्रीका लागि चुनावी दौड सुरु

 जेठ २४, २०७६ शुक्रबार २०:५६:० | एजेन्सी
unn.prixa.net

बेलायती प्रधानमन्त्री टेरिजामे ले शुक्रबार कन्जर्भेटिभ पार्टीबाट राजीनामा दिएकी छिन् । अब बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि चुनावी दौड सुरु हुनेछ । 

मे नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि प्रधानमन्त्रीको कुर्सीमा रहनेछिन् । उनले जुलाई महिनाको अन्त्यसम्म प्रधानमन्त्रीको पद सम्हाल्न सक्ने बताइएको छ । अब बेलायतलाई युरोपियन युनियन (ईयू) बाट अलग गर्नका लागि उनको हातमा कुनै नियन्त्रण हुनेछैन । 

ब्रेक्जिट को लागि अझै पनि ३१ अक्टोबरसम्म समय बाँकी छ । टेरिजामे ले गएको मे २४ मा राजीनामा दिने घोषणा गरेकी थिइन् । उनी झण्डै तीन वर्षदेखि बेलायतलाई ईयूबाट अलग गर्नका लागि प्रयास गरिरहेकी थिइन् । कैंयौ पटक यसको समयसीमा पनि बढाइयो तर उनकै पार्टीका नेता त्यसको विरोधमा देखिए । 

टरिजाले भनेकी थिइन्, ‘म विश्वास गर्छु कि मलाई दृढ रहने अधिकार छ । एक नयाँ प्रधानमन्त्री पाउँदा देशलाई निकै राम्रो हुन्छ । ब्रेक्जिट सम्झौता कार्यान्वयन नपाउनु मेरा लागि सबैभन्दा खेदको कुरा हो ।’ टेरिजा मे ले बेलायतलाई ईयूबाट अलग गर्ने सम्झौताको लागि सांसदहरुलाई मनाउन निकै कोसिस गरे पनि विफल भएको बताएकी छिन् । 

अब मे को स्थान कन्जर्भेटिभ पार्टीका नेता तथा विदेशमन्त्री बोरिस जोनसोनले लिन सक्ने बताइएको छ । जो बेलायतको भावी प्रधानमन्त्री बन्छ, उसँग ब्रेक्जिट सम्झौतामा काम गर्ने कि ढिलाइ गर्ने, त्यसका लागि केही महिनाको समय हुन्छ । 

पहिलाे जनमत संग्रह

ब्रेक्जिटको आगमनसँगै बेलायतमा राजनीतिक संकट सुरु भएको थियो । आज पनि यो संकट कायम छ । ईयूबाट बाहिरिने कि नबाहिरिने भन्ने पक्षमा गएको २०१६ जुन २३ मा पहिलो जनमत संग्रह भएको थियो । जसमा ५२ प्रतिशत मत ईयूबाट बाहिरनुपर्छ भन्नेमा खसेको थियो । 

मतदानको भोलिपल्ट नै प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए । 

टेरिजामे गएको २०१६ जुलाई १३ मा नयाँ प्रधानमन्त्री बनेकी थिइन् । उनले २ वर्षमा ब्रेक्जिट प्रक्रियालाई पूरा गर्ने वाचा गर्दै समथ लिए पनि उनी सफल हुन सकिनन् । संसदमा तीन पटकसम्म ब्रेक्जिट अस्वीकृत भएकाे थियाे । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया