ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा – चिशंखुगढी गाउँपालिकाले आयोजना गरेको प्रथम चिशंखुगढी अध्यक्षकप–०७६ भलिबल प्रतियाेगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।
लिखु गाउँपालिकाले चम्पादेवीलाई २–३ सेटको अन्तरले हराउँदै उपाधी हात पारेको हो ।
सुरुका दुई सेट लगातार जितेको चम्पादेवी गाउँपालिका दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै आयाेजक चिशंखुगढी गाउँपालिकाले उदयपुरको ताप्ली गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । ताप्ली गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।
अध्यक्षकपको विजेताले १ लाख ५१ हजार १ सय ११ नगद, शिल्ड,पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेताले नगद, शिल्ड, पदक र प्रमाणपत्रपहित १ लाख १ हजार १ सय ११ तथा तृतीय स्थान हासिल गर्नेले ५१ हजार १११ नगद पुरस्कार तथा शिल्ड र पदक प्राप्त गरेका छन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, अनुशासित खेलाडीलाई पुरस्कृत गरिएको छ ।
अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा उदयपुर, ओखलढुंगा र खोटाङका गरी आठ स्थानीय तह सहभागी थिए। चिशंखुगढी सरकारी स्तरमा आयोजना गरेको सर्वाधिक धनराशी रहेको अध्यक्षकप प्रतियोगिता आयोजना गर्ने ओखलढुंगाको पहिलो स्थानीय तह हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।