वैदेशिक रोजगारीसँग सम्बन्धित काम गर्न बैंक थपिंदै

 जेठ २९, २०७६ बुधबार १७:३८:३६ | उज्यालो सहकर्मी

काठमाण्डाै –  सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुले कल्याणकारी कोषमा रकम जम्मा गर्नका बै‌ंक थप्ने भएकाे छ । यसअघि ७ वटा मात्रै बैंक रहेकाेमा अब बैंकिङ प्रणालीलाई विस्तार गरी 'क' वर्गका वाणिज्य बैंक पनि थप गर्ने भएको हाे।

त्यसको लागि नेपाल राष्ट्र बै‌ंकबाट ‘क’ वर्ग मान्यता प्राप्त वाणिज्य बैंकहरुलाई वैदेशिक राेजगार बाेर्डले आवेदन माग गरेको छ ।

कल्याणकारी कोष व्यवस्थापन समितिको जेठ २३ को बैठकबाट निर्णय अनुसार इच्छुक सबै ‘क’ वर्गका बैंकहरुले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा प्रवाह गर्नको लागि आवेदन दिन पाउनेछन् ।

१५ दिनभित्र अर्थात असार १० गतेभित्र इच्छुक र्बैंकहरुले वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा निवेदन दिनुपर्ने हुन्छ ।

यसअघि पनि यस क्षेत्रमा अनलाइन कारोबार गरिरहेका बैंकहरुको सम्झौता पुनरावलोकन गर्नुपर्ने भएकाले काराेबार गरिरहेका बैंकलाई पनि निवेदन आह्वान गरिएको छ । 

 

 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया