फिफा महिला विश्वकप : जर्मनीद्वारा स्पेन पराजित

 जेठ ३०, २०७६ बिहिबार ६:२८:७ | एजेन्सी
unn.prixa.net

फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई एक शून्य गोलले हरायो । 

फ्रान्समा भएको खेलमा समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कन पर्याप्त मौका पाएको थियो । तर उसले जर्मनीको डिफेन्सलाईन क्लियर गर्न सकेन । स्पेनले दुई वटा उत्कृष्ट मौका पाएपनि गोल गर्नबाट चुक्यो । 

यो जितले जर्मनीको दुई खेलमा ६ अंक भएको छ । यसका साथै जर्मनी समुह बी शीर्ष स्थानमा उक्लिएको छ । स्पेनको दुई खेलमा तीन अंक रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया