हङकङका नागरिकलाई यूरोपियन युनियनकाे साथ

 जेठ ३०, २०७६ बिहीबार २०:३०:३१ | एजेन्सी
unn.prixa.net

यूरोपियन युनियन हङकङका नागरिकको पक्षमा उभिएको छ । यूराेपियन युनियनले नागरिकको अधिकारको सम्मान गर्न हङकङसँग अपिल पनि गरेको छ । 

हङकङमा सुपुर्दगी कानुनको संशोधनको विरोधमा हजारौं संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक संघर्ष पनि भएको छ । प्रस्तावित कानुनको अनुसार, यदि कोही अपराध गरेर हङकङ भाग्छ भने उसलाई जाँच प्रक्रियामा सामेल गर्नका लागि चीन पठाइनेछ । 

बेलायतले पनि हङकङ नेतृत्वलाई आफ्नो जनता र अन्तर्राष्ट्रिय सहयोगीहरुको चिन्तालाई सुन्न आग्रह गरेको छ । हङकङको सरकारले भने प्रदर्शनकारीहरुमाथि प्रायोजित ढंगबाट दंगा फैलाएको र हिंस्रक घटनालाई बढावा दिएको आरोप लगाएको छ । 

बुधबार मात्रै प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको थियो । प्रहरीले प्रदर्शनकारीहरुको भिड तितर बितर गर्नको लागि अश्रुग्याँस पनि बर्साएको थियो ।

यता चीनले भने हङकङलाई ढिला नगरिकन प्रस्तावलाई अघि बढाउन दबाब दिएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया