केन्याः महिला सांसदलाई थप्पड प्रहार गर्ने पुरुष सांसद गिरफ्तार

 जेठ ३१, २०७६ शुक्रबार ८:३०:२६ | एजेन्सी
unn.prixa.net

केन्यामा एक पुरुष सांसदले महिला सांसदमाथि थप्पड प्रहार गरेपछि गिरफ्तारमा भएका छन् ।

थप्पड प्रहार गर्ने सांसदको नाम राशिद कासिम हो भने थप्पड खाने महिला सांसदको नाम फातुमा गेडी हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, राशिदले आफ्ना सहयोगी महिला सांसदले आफ्नो संसदीय क्षेत्रमा धनराशि नछुट्याएको भन्दै थप्पड प्रहार गरेका हुन् । 

थप्पड खाएपछि महिला सांसद फातुमा गेडीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनी रोइरहेकी र मुखबाट रगत निक्लिएको पनि देख्न सकिन्छ । 

यो घटनापछि महिला संसादहरुले विरोध जनाउँदै बैठक छोडेर निस्किएका थिए, जहाँ पुरुष सांसदहरु उनको मजाक उडाइरहेका थिए । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, राशिद कासिमले महिला सांसद फातुमालाई संसद भवनको कार पार्किङमा थप्पड प्रहार गरेका थिए । थप्पड प्रहार गर्ने राशिदले महिला सांसदसँग आफ्नो संसदीय क्षेत्रमा बजेट किन नछुट्याएको भन्दै सोधिरहेका थिए । 

अभियुक्त सांसद राशिद कासिमले भने यो घटनामा कुनै प्रतिक्रिया दिएका छैनन् । 

यो घटनापछि केन्याको सामाजिक सञ्जालमा अभियुक्त राशिदमाथि कडा कारवाहीको माग उठिरहेको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया