शुक्रबार डलर, दिनार लगायत केही विदेशी मुद्राको भाउ बढ्यो

 जेठ ३१, २०७६ शुक्रबार ११:३८:११ | उज्यालो सहकर्मी

काठमाण्डाै – शुक्रबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ बढेको छ भने केहीको भने घटेको छ ।  

शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ थियो  ।

यस्तै शुक्रबार साउदी रियाल १ को खरिदर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । बिहीबार यसको खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा थियो ।

कतारी रियालको मूल्य भने बिहीबारको भन्दा केही पैसाले घटेको छ । शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

यूएर्ई दिर्हामको मूल्य पनि बिहीबारको भन्दा केही पैसाले घटेको छ । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा पुगेको छ । बिहीबार खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७७ पैसो छ । बिहीबार यसको खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा थियो ।

यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा थियो ।

शुक्रबार कुवेदी दिनार १ को खरिदरदर ३६५ रुपैयाँ र बिक्रीदर ३६६ रुपैयाँ ९८ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर ३६४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ २६ पैसा थियो । 

यस्तै बहराइन दिनार पनि बढेको छ । शुक्रबार खरिददर २९४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ९४ पैसा छ । बिहीबार यसको खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा थियो ।


 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया