आइतबार धेरै विदेशी मुद्राको भाउ बढ्यो

 असार १, २०७६ आइतबार ११:४२:५० | उज्यालो सहकर्मी

काठमाण्डाै – आइतबार अमेरिकी डलरसहित  विदेशी मुद्राको भाउ बढेको छ ।  

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा नै तोकेको छ । शुक्रबार डलरको खरिददर ११० रुपैयाँ ९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा थियो । 

यस्तै आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा छ । शुक्रबार यसको खरिदर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा थियो ।

यूएर्ई दिर्हामको भाउ पनि शुक्रबारको भन्दा केही पैसाले बढेको छ । आइतबार खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा छ । शुक्रबार दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा पुगेको छ । आइतबार रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७७ थियो ।

कोरियन वनको मूल्य पनि शुक्रबारको भन्दा थोरै पैसाले बढेको छ । १ सय वनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा छ । शुक्रबार १ सय वनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा थियो ।

आइतबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा पुगेको छ । शुक्रबार कुवेत दिनार १ को खरिदरदर ३६५ रुपैयाँ र बिक्रीदर ३६६ रुपैयाँ ९८ पैसा थियो । 

यस्तै बहराइन दिनारको भाउ पनि बढेको छ । आइतबार खरिददर २९५ रुपैयाँ ५८ पैसा र खरिददर २९७ रुपैयाँ १७ पैसा छ । शुक्रबार यसको १ को खरिददर २९४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ९४ पैसा थियो ।
 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया