हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेकाे जीप कर्णालीमा खस्याे, अवस्था अज्ञात

 असार ३, २०७६ मंगलबार १५:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ ।

खार्पुनाथ-५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ । जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेकाे छैन ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ तर थप विवरण आउन भने बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको बताइएकाे छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया