पाँचथरमा माइक्रोफाइनान्समा कार्यरत युवतीको घाँटी रेटी हत्या

 असार ३, २०७६ मंगलबार २१:२०:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर -  हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताउनुभयो ।

वडाध्यक्ष यवाका अनुसार युवतीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटनास्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया