दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक ल...
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन बनाएकी हुन् । यस्तै, सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई–दुई विकेट तथा कविता जोशीले एक विकेट लिइन् ।
जवाफमा सुदूरपश्चिमले एक विकेट गुमाएर ७ ओभरमै लक्ष्य भेटाएको हो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए ।
गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् ।
प्रतियोगिताको दोस्रो खेलमा बुधबार बेलुका प्रदेश २ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बुधबारबाट महेन्द्रनगरमा सुरु भएको हो ।
प्रतियोगितामा एउटा विभागीय टिम (सशस्त्र प्रहरी) र सात प्रदेशको गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।