विश्वकप क्रिकेट : कप्तान विलियम्सनको शतकमा न्यूजिल्याण्डको जित

 असार ५, २०७६ बिहिबार ६:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसिय विश्वकपमा न्यूजिल्याण्डले चौथो जित निकालेको छ । जितसँगै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । उसले दक्षिण अफ्रिकालाई ४ विकेटले हरायो ।

पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।

अफ्रिकाका लागि रसे भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हासिम अमलाले ५० रन जोडे ।

एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे । न्यूजिल्याण्डका लाचलन फर्गुशनले ३ विकेट लिए ।

जवाफमा न्यूजिल्याण्डले ४८ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका जितमा कप्तान केन विलियम्सनले कप्तानी पारी खेल्दै शतक प्रहार गरे । उनले अविजित एक सय तीन रन बनाए ।

तर राम्रो सुरुवात गर्न नसकेको न्यूजिल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो । उसका कोलीन मुर्नो नौ रनमा आउट भए । तर दोस्रो विकेटका लागि मार्टिन गुप्टिल र कप्तान केन विलियम्सनबीच ६० रनको साझेदारी भएपछि टिम केहि सम्हालिएको थियो । तर त्यसपछि उसले दुई विकेट सस्तैमा गुमायो ।

उसका रोस टेलर र टिम लाथम एक एक रनमा आउट भए भने मार्टिन गुप्टिलले ३५ रन बनाए । पाँचौ विकेटका लागि विलियम्सन र निसामबीच अर्धशतकीय साझेदारी भएको थियो । तर निसाम २३ रनमा पेभेलियन फर्किएपछि उनले एक सय ३७ रनमा पाँचौ विकेट खेर फाल्यो ।

तर केन विलियम्सन र ग्राण्डहोमबीच ९१ रनको साझेदारी भएपछि न्यूजिल्याण्ड जितको नजिक पुगेको थियो । जसमा ग्राण्डहोमले ६० रनको योगदान गरे ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया