कोपा अमेरिका : कतारमाथि कोलम्बियाको जित

 असार ५, २०७६ बिहिबार ६:४९:२८ | एजेन्सी
unn.prixa.net

कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा कोलम्बियाले कतारमाथि जित निकालेको छ । लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ । 

साओ पाउलोमा भएको खेलमा डुभान जापाटाको एकमात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पुर्‍याएको हो ।

उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ । 

ब्राजिल भने भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिन पुग्यो । बराबरीसँगै ब्राजिलले दुई खेलबाट ४ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया