आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएपछि पाकिस्तानी टिमको देशमा चर्को आलोचना भएको छ ।
पाकिस्तानी समर्थकले टिमलाई प्रतिबन्ध लागाउन माग गर्दै अदालतमा मुद्दा नै दायर गरेका छन् । साथै उनीहरुको आक्रोश सोयब मलिकसँग पनि बढी छ । शोयब मलिकले १४ अक्टोबर १९९९ मा वेस्टइण्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
३७ वर्षीय मलिक भारतविरुद्धको खेलमा शून्य रनमै आउट भए । त्यसपछि पाकिस्तानी समर्थक र मिडियाले मलिकलाई ‘तारो’ बनाएका छन् । भारतविरुद्ध प्रतिस्पर्धा भएको अघिल्लो दिन मलिक पत्नीसँग खाना खाँदै गरेको भिडियो सार्वजनिक भएको पाकिस्तानी मिडियाले दाबी गरेका थिए ।
उक्त भिडियोमा भारतीय टेनिस खेलाडी सानिया मिर्जा उनकी पत्नीसँग खाना खाएको देखिन्छ । पाकिस्तानी मिडियाले दाबी गरेको जस्तो भारतविरुद्धको खेलको अघिल्लो दिनको नभई त्यसभन्दा अघिको भएको मलिकले जवाफ दिएका छन् ।
सफाइ दिँदै मलिकले भनेका छन् ‘मलाई सफाई दिनु पर्दा निकै दुःख लागेको छ । साथै उनले पाकिस्तानी मिडियाले कहिले विश्वसनीय समाचार प्रकाशित गर्लान् भन्दै प्रश्न पनि गरेका छन् ।’ उनले भनेका छन् ‘पत्नी सानियासँगको भिडियो १५ जुनको नभई १३ जुनको हो ।’
उनले खेलाडीको खराब प्रदर्शनमा परिवारलाई नजोड्न आग्रह गर्दै पाकिस्तानी क्रिकेटमा आफूले २० वर्षसम्म गरेको योगदानको पनि कदर गर्न आग्रह गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।