अटो रिक्सा दुर्घटनाका घाइते विद्यार्थीलाई थप उपचारका लागि काठमाण्डौ लगियोे

 असार ५, २०७६ बिहिबार १७:२०:२९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – अटो रिक्सा दुर्घटनामा गम्भीर घाइते भएका तीन विद्यार्थीसहित चार जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

ओखलढुंगामा उपचार सम्भव नहुने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत शिक्षण अस्पताल पठाइएको डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।  
बिहीबार दिउँसो ११ बजे सिद्धिचरण नगरपालिका ४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित अटोमा सवार पाँच जना गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते सिद्धिचरण नगरपालिका–९, ज्यामिरेका खड्गनारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोसी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहाललाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते कट्वालको ओखलढुंगामा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन आउने रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको को २ ह ४९०० नम्बरको अटो सिद्धिचरण नगरपालिका-५, माथिल्लो ढुंग्रेमा भीरबाट खसेको थियो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया